खोलाचन्दः खोलाचन्द फाप्रीस्थित हिमाली युवा संघ भवनमा आइतबार नि:शुल्क स्वास्थ जाँच शिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ् सिलगढी केयरद्वारा आयोजित उक्त शिविरमा आँखा जाँच, रक्तदान, रक्तचाप तथा स्वस्थ्य सम्बन्धि अन्य कुराहरू जाँच गरि विरामीहरूलाई औषधी वितरण गरिएको थियो। यसदिनको शिविरमा डाबग्राम-१ ग्राम पञ्चायतका उप-प्रधान अविराम साइबो, खोलाचन्द फाप्री (पूर्व)-का पञ्चायत सदस्या अनिता छेत्री, हिमाली युवा संघका आजिवन सदस्यद्वै पदम लेप्चा एवं गीता लेप्चा, सचिव कृष्ण शर्मा, कोषाध्यक्ष विकास तिम्सिना, राहुल मंगर, सञ्जय लिम्बु, प्रदिप रोय विशेष उपस्थित थिए।
यस दिन क्षेत्रका लगभग तीनसय जनाले आफ्नो स्वस्थ्य जाँच गराए साथै पैंतालीस जनाले नेत्र जाँच गराए जसमा केही मानिसहरूको अपरेसन गर्नुपर्ने पाइएको छ। यस अतिरिक्त क्षेत्रका पच्चीस जना युवाहरुले उक्त शिविरमा रक्तदान गरेका थिए।










