यो बर्खामा नेपालमा धेरै वर्षा हुने

IMG-20240610-WA0079.jpg

झापा: मौसमविदले यो वर्ष बर्खा याममा नेपालमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेका छन्। सामान्यतया यो वर्षभरि हुने वर्षाको ८० प्रतिशत बर्खा याममै हुने अनुमान गरिएको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार यो वर्षको बर्खामा औसतभन्दा बढी वर्षा हुने अनुमान विभिन्न ऋतुगत विश्लेषण र अध्ययनबाट गरिएको छ।

मौसमविद् पुडासैनीका अनुसार यो वर्षको वर्षायाम जुन मसान्त आसपासबाट सुरु हुनेछ। ‘जुन १५ भन्दा ढिलो हुँदैन। बरु एकदुई दिन चाँडो हुन सक्छ,’ पुडासैनीले भने। सामान्यतया नेपालमा मनसुन जुन १३ बाट सुरु हुन्छ। गत वर्ष भने नेपालमा जुन १४ बाट मनसुन भित्रिएिको थियो। मौसमविद्हरूका अनुसार नेपालमा धेरैजसो मनसुन बंगालको खाडीबाट भित्रिने गरेको छ।
‘अहिले भारतको सिलगुडीमा मनसुन आइसकेको छ। अब केही दिनमै नेपालमा भित्रिने सम्भावना देखिएको छ,’ पुडासैनीले भने । बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावालाई मनुसन भन्ने गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्ति अनुसार रवितबार जुन ९ मा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
लुम्बिनी, कर्णाली र सदूररपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी महाशाखाका अनुसार रविबार जुन ९ राति कोसी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा सामान्यतः मौसम सफा रहने सम्भावना छ।
यो वर्ष काठमांडू लगायत देशभरि नै गत वर्षभन्दा बढी गर्मी भएको छ। काठमांडूको अधिकतम तापक्रम शनिबार ३१.९ डिग्री सेल्सियस पुगेको छ। महाशाखाका अनुसार अहिलेसम्मको रेकर्डमा सन् १९८९ मे ७ मा काठमांडूको तापक्रम सबैभन्दा बढी ३६.६ डिग्री डिग्री सेल्सियससम्म पुगेको थियो। त्यो रेकर्ड अहिलेसम्म तोडिएको छैन।
धनगढीमा शनिबार जुन ९ मा देशभरिमै सबैभन्दा बढी तापक्रम मापन भएको छ। धनगढीमा शनिबार अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस पुग्यो। यसैगरी नेपालगन्जमा शनिबार अधिकतम तापक्रम ३१.८ डिग्री सेल्सियस रेकर्ड भएको छ।

About Author

Advertisement