योग चिकित्सा पाठ्यक्रम ‘योगश्री’ को निम्ति प्रवेश प्रक्रिया शुरू

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा अब राज्यमा योग चिकित्साको कोर्स शुरू गरिएको छ। बेलूर योगा मेडिकल कलेजमा ‘योगश्री’ छात्रहरूको प्रवेश प्रक्रिया शुक्रवार शुरू भयो। प्रवेश प्रक्रियाको पहिलो चरण शनिवार पनि जारी रहनेछ।

पश्चिम बंगाल मेडिकल काउन्सलिङ कमिटीले पहिलो चरणमा कूल ३४ छात्रको प्रवेशलाई अनुमति दिएको छ। कलेजका प्रिन्सिपल र राज्य आयुर्वेद निदेशक डा. देबाशीष घोषले भने, पहिलो वर्षको निम्ति यो राम्रो प्रतिक्रिया थियो। यो प्रवेश प्रक्रिया १८ नोभेम्बरसम्म चल्नेछ। आशा छ, सबै ५० सीट भर्नेछ।

उल्लेख्य, सबै छात्रहरू यही राज्यका हुन्। मुख्यमन्त्री ममता ब्यानर्जीले पहिलो योग परिषदको गठन गरी योग र प्राकृतिक चिकित्सालाई एकीकृत गर्ने प्रयास शुरू गरिन्। पछि बेलूर स्टेट जेनरल अस्पताल परिसरमा योग मेडिकल कलेजको निम्ति पाँच तले बिल्डिङको निर्माण गरियो।

-हिस

About Author

Advertisement