यूरोप जाने जूनियर हकी टीमको घोषणा

IMG-20240504-WA0236.jpg

नयाँ दिल्ली: हकी इण्डियाले आज आउँदो २० देखि २९ मईबीच बेल्जियम, नीदरल्याण्ड र जर्मनी यात्रा गर्ने भारतीय जूनियर हकी टीमको घोषणा गऱ्यो। भारतको जूनियर टीमले आफ्नो पहिलो म्याच २० मईमा बेल्जियम विरुद्ध अनि दोस्रो म्याच दुई दिन पछि ब्रेडामा नीदरल्याण्डको क्लब टिम ब्रेडेज हकी वेरेनिगिंग पुश विरुद्ध खेल्नेछ। त्यसपछि टीमले २८ मईमा जर्मनी विरुद्ध म्याच खेल्नेछ। टीमले यात्राको अन्तिम म्याच २९ मईमा फेरि जर्मनी विरुद्ध खेल्नेछ। डिफेण्डर रोहितलाई यूरोप यात्रामा जाने टीमका कप्तान बनाइएको छ जबकि शारदानन्द तिवारी उपकप्तान हुनेछन्। कप्तान रोहितले भने, हामी आफ्नो क्याम्पमा कठोर मेहनत गरिरहेका छौं अनि एकार्काको खेलसँग अवगत भइसकेका छौं। यूरोपमा गएर खेल्नु हाम्रो निम्ति ठूलो मौका साबित हुनेछ। यसबाहेक शीर्ष स्तरमा खेल्ने अनुभव पनि हासिल गर्न सकिनेछ, जसले हामीलाई भविष्यमा धेरै फाइदा हुनेछ।
भारतीय जूनियर हकी टीमः                              गोलकीपरः प्रिन्स दीप सिंह, बिक्रमजीत सिंह             डिफेण्डरः शारदानन्द तिवारी, योगेम्बर रावत, अनमोल एक्का, रोहित, मनोज यादव, तालेम प्रियो बार्टा                                                              मीडफिल्डरः अंकित पाल, रोशल कुजूर, बिपिन बिलवारा रवि, मुकेश टोप्पो, मनमीत सिंह, वचन एचए
फरवर्डः सौरभ आनन्द कुशवाहा, अर्शदीप सिंह, गुरजोत सिंह, मोहम्मद कोनैन दाद, दिलराज सिंह, गुरसेवक सिंह

About Author

Advertisement