यूएफा नेशन्स लीगः ईंग्ल्याण्ड र जर्मनीबीच म्याच ड्र, इटलीको जीत

IMG-20220608-WA0113.jpg

८ जूनः निराशाजनक लयबाट मुक्ति पाउँदै इटलीले यूएफा नेशन्स लीग फूटबल टुर्नामेण्टमा जीतको खाता खोल्यो भने जर्मनी र ईंग्ल्याण्डबीचको हाईप्रोफाईल म्याच चाहिँ ड्र-मा समाप्त भयो। ग्रुप सी-मा रहने इटलीले मंगलवार राति खेलिएको म्याचमा हंगेरी विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। म्याचमा 57 प्रतिशत पोजेशनको साथ खेल्ने यूरो च्याम्पियन इटलीबाट निकोलो बारेलाले ३०औं र लोरेञ्जो पेलेग्रिनीले ४५औं मिनटमा गोल गरे। त्यसपछि इटलीकै डिफेण्डर गियानलुका मानचिनीले ६१औं मिनटमा आत्मघाती गोल गर्दा हंगेरीको निम्ति हारको अन्तर कम्ती भयो। यसै ग्रुपमा जर्मनी र ईंग्ल्याण्डबीच खेलिएको हाई भोल्टेज म्याच १-१-ले ड्र रह्यो। यसअघि इटली विरुद्ध १-१-ले ड्र खेल्ने जर्मनीलाई लगातार दोस्रो ड्र-ले नोक्सान हुनेछ कारण ईंग्ल्याण्ड विरुद्ध टीम एक समय बढ़तमा रहेको थियो। म्याचमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने जर्मनीलाई जोनास होफम्यानले ५०औं मिनटमा बढ़त दिलाए। एक गोलले पछाड़िएर समस्यामा पर्ने ईंग्ल्याण्डलाई पछिबाट म्याचको अन्तिम समयमा पेनल्टी प्राप्त भयो। त्यही मौकालाई गोलमा परिणत गरी कप्तान ह्यारी केनले ८८औं मिनटमा स्कोर १-१-को बराबरीमा पुऱ्याए। यी दुईवटा म्याचपछि इटली २ वटा म्याचमा ४ पोइण्टको साथ ग्रुप सी-को शीर्ष स्थानमा रहन पुग्यो जबकि दोस्रो स्थानमा रहने हंगेरीसँग 3 पोइण्ट रहेको छ। जर्मनी २ पोइण्टको साथ तेस्रो र ईंग्ल्याण्ड केवल १ पोइण्ट लिएर तेस्रो स्थानमा रहेको छ।

यसरी नै ग्रुप आई-मा गोलको वर्षा जारी राख्दै तुर्कीले लिथुआनिया विरुद्ध ६-०-ले जीत हासिल गऱ्यो। विजेता टीमले म्याचको पहिलो हाफमा २ अनि मध्यान्तरपछि ४ गोल छिरायो। म्याचमा तुर्कीबाट सेरदार दुरसुनले २ गोल गरे। यसै ग्रुपको अन्य एउटा म्याचमा लक्जमबर्गले फेरो आइल्याण्डलाई १-०-ले पराजित गऱ्यो। म्याचमा फेरो आइल्याण्डका दुईजना खेलाड़ीलाई रातो कार्ड देखाइयो। ग्रुप आई-मा तुर्की र लक्जमबर्गससँग ६-६ पोइण्ट रहेको छ तर गोल अन्तरको आधारमा तुर्की शीर्ष स्थानमा रहेको छ। तुर्कीले आफ्नो दुईवटा म्याचमा १० गोल गरेर एक गोल पनि खाएको छैन। ग्रुप जी-मा बोस्निया एण्ड हर्जेगोविनाले रोमानिया विरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। यस ग्रुपको अन्य एउटा म्याचमा फिनल्याण्डले मोण्टेनेग्रोलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचको दुवै गोल जोएल पोहजानपालोले छिराए। उनले ३१औं र ३७औं मिनटमा गोल गरे। ग्रुप जी-मा फिनल्याण्ड र बोस्निया एण्ड हर्जेगोविनासँग ४-४ पोइण्ट रहेको छ तर गोल अन्तरको आधारमा फिनल्याण्ड शीर्ष स्थानमा रहेको छ।

About Author

Advertisement