युवा मोर्चा केन्द्रीय उपाध्यक्ष साथै पार्टीको साधारण सदस्यबाट पनि राजीनामा दिए सिध्दान्त गोर्खा राईले

IMG-20220903-WA0128.jpg

सोनादा: गोजमुमोको भातृ संगठन युवा मोर्चाको केन्द्रीय उपाध्यक्ष पदबाट सिध्दान्त गोर्खा राईले आज राजीनामा दिएका छन्। उनले गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरुङलाई एउटा पत्र लेखेर समयको चपेट र पारिवारिक कारणले गर्दा सधैं झैं पार्टीको सांगठनिक गतिविधिहरूमा सहभागिता हुन नसक्ने भन्दै आज ३ सेप्टेम्बरको दिनदेखि युवा मोर्चाको केन्द्रीय उपाध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराएका छन्। उनले युवा मोर्चाको केन्द्रीय उपाध्यक्ष साथै गोर्खा जनमुक्ति मोर्चाको साधारण सदस्यबाट पनि राजीनामा दिएको उक्त राजीनामा पत्रमा उल्लेख गरेका छन्।

About Author

Advertisement