युटुबर रजत तामाङलाई पक्राउ गर्नु पर्ने मांगमा अनुसूचित जातिद्वारा खरसाङमा व्यापक पोस्टरिङ

IMG-20240603-WA0239.jpg

खरसाङ: युटुबर र फेसबुक प्रयोगकर्ता रजत तामाङलाई कानुनी कार्वाही गरिनु पर्ने मांगमा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको आयोजनामा खरसाङक विभिन्न स्थानहरूमा पोस्टरिङ गरिएको छ। अखिल भारतीय नेपाली अनुसूचित जाति संघ केन्द्रीय समितिको निर्देशनमा पहाड़भरि रजत तामाङ विरूध्द कानुनी कार्वाही गरिनु पर्ने मांग गर्दै पोष्टरिङ गरिएको छ भने खरसाङ महकुमा अन्तर्गत पर्ने विभिन्न शाखाहरूमा पनि पोष्टरिङ गरिएको छ। यसै क्रममा खरसाङ महकुमा समितिको आयोजनामा खरसाङ बजारभरि पोष्टरिङ गरिएको छ। खरसाङ बजारको मोटर स्ट्याण्ड, पार्क लोकेशन, अस्पताल मोड लगायत अन्यतिर पनि रजत तामाङ विरूध्द पोष्टरिङ गरिएको छ। पोस्टरहरूमा अहिलेसम्म अनुसूचित जाति संघ र यसको भातृ संगठनहरूद्वारा प्रशासन समक्ष युटुबर रजत तामाङलाई पक्राउ गर्नु पर्ने मांग गर्दै एफआईआर दर्ता गरे पनि अहिलेसम्म पक्राउ नपरेको र किन यसरी ढिलाई भईरहेको भन्दै कानुनी कार्वाही गरिनु पर्ने मांग गरेका छन्। त्यसरी नै पोस्टरहरूमा रजत तामाङको फेसबुक पेज र युटुब किन ब्लक भएको छैन र कार्वाहीमा किन विलम्ब हुँदैछ भन्ने विषयमा लेखिएको बताइएको छ। यस पोष्टरिङ कार्यमा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सचिव प्रणय रोका, प्रचार प्रसार सचिव दिपेन सेवा, दमाई समाजबाट सभापति प्रकाश सेवा, सार्की समाजबाट सचिव रवि तोलङ्गी, लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त पोस्टरिङ कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै अखिल भारतीय नेपाली अनुसूचित जाति खरसाङ महकुमा समितिको सचिव प्रणय रोका र सार्की समाजको सचिव रवि तोलङ्गीले रजत तामाङलाई प्रशासनले झट्टै पक्राउ गरेर कानुनी कार्वाही गरिनु पर्ने मांग गरेका छन्। दुवैले रजत तामाङलाई माफी दिनु भन्नेहरूले एकपल्ट भिडियो सुन्नु भनी सुझाव दिएका छन्। त्यसरी नै रजत तामाङले अनुसूचित जातिमाथि अभद्र व्यवहार गर्दै गाली गरेको साथै अनिसूचित जातिमाथि आघात पुग्ने कार्य गरेको भन्दै रजत तामाङलाई प्रशासनले झट्टै पक्राउ गरेर कानुनी कार्वाही गरिनु पर्ने मांग गरेका छन्। उनीहरूले अनुसूचित जातिद्वारा विभिन्न स्थानहरूमा रजत तामाङलाई पक्राउ गर्नु पर्ने मांग गर्दै प्रशासनमा एफआईआर दर्ता गरे पनि अहिलेसम्म पक्राउ नपरेको कारणले खरसाङ बजारको विभिन्न स्थानहरूमा पोस्टरिङ गरिएको जानकारी गराएका छन्।

About Author

Advertisement