यी शहरहरू जहाँ अर्बपतिहरू बस्छन्

US Paper Currency background

फोर्ब्सले हरेक वर्ष अर्बपतिको सूची सार्वजनिक गर्छ। यससँगै फोर्ब्सले सबैभन्दा बढी अर्बपति बस्ने शहरको सूची पनि सार्वजनिक गरेको छ। आउनुहोस् जानौं संसारका सबैभन्दा धेरै अर्बपतिहरू कुन शहरमा बस्छन्?

सियोल: फोर्ब्सको यो सूचीमा दक्षिण कोरियाली शहर सियोलको नाम दशौं स्थानमा छ। यहाँ कुल ३८ अर्बपतिहरू बस्छन्।

सान फ्रान्सिस्को: अमेरिकाको सान फ्रान्सिस्को शहरको नाम नवौं स्थानमा छ। यस शहरमा जम्मा ४५ अर्बपतिहरू बस्छन्।

मुम्बई: आठौं स्थानमा भारतको मुम्बई शहरको नाम छ। मुम्बईमा कुल ५१ अर्बपतिहरू बस्छन्। सूचीमा भारतको तर्फबाट यो एक मात्र शहर हो।

मस्को: फोर्ब्सको सूचीमा सातौं स्थानमा रुसको राजधानी मस्कोको नाम छ। मस्कोमा कुल ५२ अर्बपतिहरू बस्छन्।

शेन्जेन: छैटौं स्थानमा चीनको शेन्जेन शहरको नाम आउँछ। यस शहरमा जम्मा ५९ अर्बपतिहरू बस्छन्।

सांघाई: पाँचौं स्थानको कुरा गर्ने हो भने यो वरियतामा चीनको सांघाई शहरको नाम छ। यस शहरमा ६१ अर्बपतिहरू बस्छन्।

लण्डन: चौथो स्थानमा इंग्ल्याण्डको लण्डन शहरको नाम आउँछ। यहाँ ६५ अर्बपतिहरू बस्छन्।

हङकङ: तेस्रो स्थानमा चीनको हङकङ शहरको नाम छ। यस शहरमा कुल ६७ अर्बपतिहरू बस्छन्।

बेइजिङ: फोर्ब्सको यो सूचीमा चीनको बेइजिङ शहर दोस्रो स्थानमा छ। यस शहरमा कुल ८३ अर्बपतिहरू बस्छन्।

न्यूयोर्क: फोर्ब्सको सूचीमा पहिलो स्थानमा अमेरिकाको न्यूयोर्क शहर रहेको छ। न्यूयोर्कमा १०६ अर्बपतिहरू बस्छन्।

About Author

Advertisement