यी महिला यसरी टोटो चलाक बनिन्…

00-1-Pampa-

कोलकाता: रूढीवादी विचारधाराको समाजमा बाँचिरहेकी पम्पा सिंहलाई टोटो चलाउन शुरु गर्नु सजिलो थिएनl उनका लागि यस्तो कार्य फलामको चिउरा चपाउनु बराबर थियोl उनले परिवार र श्रीमानको बिमारीपछि घरको सँघार मात्र पार गरिनन्, पुरुषका लागि मात्रै मानिने काम पनि गरिन्। राजन सेठ लेन, भोट बगान, बेलुद निवासी पम्पाले आफ्नो कामबाट नयाँ उपलब्धि हासिल गर्दै महिला टोटो चालक बनेकी छिन्। प्रतिकूल परिस्थितिमा पनि टोटो चलाएर आफ्नो परिवारको पालनपोषण गर्छिन्।

पम्पाले सामान्य गृहिणीले जस्तै आफ्नो परिवारको व्यवस्थापन गर्थिन्। पम्पाका २ सन्तान छन्। टोटो चलाउने क्रममा उनका श्रीमान् मनिशङ्कर सिंह अचानक बिरामी परेपछि पम्पालाई सम्पूर्ण परिवार पाल्न गाह्रो भयो। डाक्टरले उनलाई आराम गर्नु भन्यो। बिरामी श्रीमानको हेरचाह एकातिर र छोराछोरी अर्कोतिर। यसबाहेक घरको भाडा, सबै कुरालाई ध्यानमा राखेर उनले कदम चालिन्। यस्तो अवस्थामा के गर्ने, पढेलेखेको पनि नभएकोले यस्तो अवस्थामा उनले पहिलो पटक टोटो चलाउन सिके र अहिलेसम्म रोकिनन्। पम्पाले श्रीमानको सेवा र दुई छोराछोरीको पढाइका लागि टोटो चलाउन थालेकी छन्। उनी बल्ली र हावडा बीचमा टोटो चलाउँछिन्। उनलाई पुलिसट धेरै सहयोग पाउँछ तर टोटोमा बस्नेहरुले भाडाका लागि हैरानी गर्छन्। उनले दैनिक ५ सयदेखि ६ सय रुपियाँ पाउँछिन्, तर टोटोको भाडा तिर्नुपरेको छ। यसपछि जे बाँकी छ, त्यो दैनिक खर्चमा प्रयोग हुन्छ। यद्यपि यो काम उनको लागि सजिलो थिएन। पम्पाले समाजको परवाह नगरी आफ्नो काम गरिरहेकी छिन्। टोटो चलाउने पम्पाको युगमा नोकरी नपाए पनि कडा मेहनतको बलमा आर्थिक रूपमा बलियो बन्न चाहने हरेक महिलाका लागि प्रेरणा हो। उनले टोटो चलाएर सो क्षेत्रका महिलाले पनि सहज वातावरण पाउँछन् भन्ने दर्शाएको छ।

About Author

Advertisement