यानगाङ सरकारी विद्यालयकी चञ्चल कुमारी ९५.८ प्रतिशतसहित कक्षा १० मा राज्य टपर

FB_IMG_1776361625842

गान्ताेक: पीएम श्री सरकारी उच्च माध्यमिक विद्यालय, यानगाङकी छात्रा चञ्चल कुमारीले कक्षा १० को परीक्षामा ९५.८ प्रतिशत अंक प्राप्त गर्दै सरकारी विद्यालयहरूबीच राज्य टपर बन्न सफल भइन्।
यो उपलब्धिले यानगाङका लागि लगातार दोस्रो वर्ष गौरवपूर्ण सफलता दिलायो। गत वर्ष पनि उक्त विद्यालयका मास्टर रोमन दार्जी राज्य टपर बने।
विद्यालयको यो निरन्तर सफलताले शैक्षिक गुणस्तर र विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनलाई उजागर गर्यो।

About Author

Advertisement