यातायात मन्त्रीसहित अन्यसित जिटिएको टोलीद्वारा बैठक

18-14-12-BAI-1.jpg

काेलकता: आज कलकत्तास्थित मुख्यालयमा राज्यका यातायात मन्त्री स्नेहसिच चक्रवर्ती, यातायात विभागका मुख्य सचिव बिनोद कुमार अनि भूमी सुधार विभागका मुख्य सचिव श्रीमती स्माराकी महापात्रसित गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको एउटा टोलीले भेट गयो। यस भेटपछि गरिएको बैठक अवधि गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अन्तर्गत पर्ने यातायात सम्बन्धित विषय अनि डीआई फण्ड क्षेत्रमा बसोवास गर्ने मानिसहरूको समस्याबारे व्यापक चर्चा गरेको बताइएको छ। यस गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको प्रतिनिधि टोलीमा डेपुटी चेयरम्यान राजेश चौहान, सभासद उदय देवान, सभासद नुरी शेर्पा, सल्लाहकार ज्योती कुमार राई अनि कालेबुङका भूतपूर्व नगराध्यक्ष सीके कुमाइ सामेल थिए।

About Author

Advertisement