यस बर्ष धानक़ो उत्पादन कम हुने अनुमान

IMG-20241105-WA0024

काठमांडू: यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ। किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत सेप्टेम्बर २६देखि २८ सम्म देशका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ। केही दिनयता धानका लागि मौसम अनुकूल देखिएको छ। देशका विभिन्न स्थानमा परेको हल्कादेखि मध्यमसम्मको वर्षाका कारण धानलाई केही असर गरेको मन्त्रालयले जानकारी गराएको छ।
मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष धान भित्र्याउने समयमा मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्न सक्ने जानकारी दिए।
गत सेप्टेम्बरमा आएको बाढी तथा डुबानका कारण मधेस प्रदेश तथा वाग्मती प्रदेशलाई सबैभन्दा बढी असर गर्‍यो, पाकेको बाली पनि बगायो, कति स्थानमा काटेको बाली नै पानीको भेलले नष्ट गरायो,’ उनले भने, ‘मधेस प्रदेशमा ५७ हजार हेक्टर धान खेतमा क्षति भएको छ, वास्तविक क्षतिको विवरण आउन अझै बाँकी छ। सिरहा, सप्तरीमा जग्गा कटानी भएको र बालुवा थुप्रिएर धान क्षति भको छ जसले गर्दा दुई प्रतिशतसम्म धान उत्पादनमा ह्रास आउँछ कि भन्ने हाम्रो अनुमान छ।’
राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले गत असोजमा परेको भारी वर्षाका कारण कोशी, मधेस र वाग्मती प्रदेशमा धान उत्पादनमा असर परेको बताए। ‘मौसमसम्बन्धी पूर्वसूचना किसानमा पुग्न सकेमा धान कति बेला काट्न हुने या नहुने विषयमा जानकारी हुन्छ र कम क्षति पुग्छ,’ उनले भने।

About Author

Advertisement