यसपालीको बजट उत्तर बंगालको समग्र विकास, सामाजिक रूपान्तरण, आर्थिक पुनर्जागरण तथा क्षेत्रीय न्याय सुनिश्चित गर्ने दूरदर्शी मार्गचित्र हो: रामकृष्ण शर्मा

IMG-20260624-WA0084

खरसाङ: आर्थिक वर्ष २०२६–२७ का लागि पश्चिम बंगाल सरकारले प्रस्तुत गरेको पहिलो बजेटलाई उत्तर बंगालका जनताको तर्फबाट हार्दिक स्वागत तथा अभिनन्दन गर्दछ भनी भारतीय जनता पार्टी खरसाङका कार्यकर्ता रामकृष्ण शर्माले बताएका छन। उनले भाजपा सरकारको पहिलो बजेट केवल आर्थिक दस्तावेज मात्र नभई उत्तर बंगालको समग्र विकास, सामाजिक रूपान्तरण, आर्थिक पुनर्जागरण तथा क्षेत्रीय न्याय सुनिश्चित गर्ने दूरदर्शी मार्गचित्र हो भन्दै यसले स्पष्ट रूपमा प्रमाणित गरेको छ कि उत्तर बंगाल अब राज्यको विकास प्रक्रियाको परिधिमा सीमित रहने छैन, बरु विकासको केन्द्रबिन्दुका रूपमा स्थापित हुनेछ भनी बताएका छन्। रामकृष्ण शर्माले यो बजट विषयमा बोल्दै भने, ‘भारतीय जनता पार्टी,परिवारको तर्फबाट मुख्यमन्त्री सुभेन्दु अधिकारी, वित्तमन्त्री डा. स्वपन दासगुप्ता तथा सम्पूर्ण मन्त्रिपरिषद्लाई हार्दिक धन्यवाद तथा बधाई ज्ञापन गर्दछु। उत्तर बंगालको सम्भावना, आवश्यकता र आकांक्षालाई केन्द्रमा राखेर तयार गरिएको यो बजेटले यस क्षेत्रप्रति सरकारको गम्भीरता, संवेदनशीलता र विकासप्रतिको दृढ संकल्पलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ।’ उनले भने, ‘उत्तर बंगालका लागि बजेटका प्रमुख उपलब्धिहरूमा स्वास्थ्य क्षेत्रमा ऐतिहासिक परिवर्तन, उत्तर बंगालमा एम्स स्थापना गर्ने घोषणा, अत्याधुनिक क्यान्सर अस्पताल स्थापना गर्ने प्रस्ताव, दार्जिलिङमा सुपर स्पेशालिटी अस्पताल तथा ट्रमा सेन्टर, पर्वतीय तथा सीमावर्ती क्षेत्रका जनतालाई आफ्नै क्षेत्रमा उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने, उत्तर बंगाललाई सम्पूर्ण पूर्वोत्तर भारतको स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने सम्भावना आदि रहेका छन्। त्यसरी नै शिक्षा क्षेत्रमा युगान्तकारी पहल गर्दै उत्तर बंगालमा आईआईटी स्थापना गर्ने घोषणा, उत्तर बंगालमा आईआईएम स्थापना गर्ने प्रस्ताव, कालेबुङ, अलीपुरद्वार तथा दक्षिण दिनाजपुरमा नयाँ मेडिकल कलेज स्थापना, उच्च शिक्षा, अनुसन्धान तथा प्राविधिक शिक्षामा नयाँ अवसर, स्थानीय विद्यार्थीहरूको बाहिरी राज्यमा निर्भरता घट्ने, सिलगढीलाई आर्थिक राजधानी बनाउने दृष्टिकोण,आईटी पार्क स्थापना, लजिस्टिक्स हब निर्माण, आधुनिक वेयरहाउसिङ पूर्वाधार, सिलगढी जलपाईगढी मेट्रो रेल परियोजनाको सम्भाव्यता अध्ययन, निजी लगानी तथा औद्योगिक विस्तारको नयाँ ढोका खुल्ने,
चिया उद्योग र श्रमिकहरूको हितमा ऐतिहासिक निर्णय,टी वर्कर्स डेभलपमेन्ट बोर्ड गठन, प्रधानमन्त्री चिया श्रमिक प्रोत्साहन योजना, कमन टी प्रोसेसिङ सेन्टर स्थापना, टी प्रोसेसिङ जोन निर्माण, चिया श्रमिकहरूको स्वास्थ्य, आवास तथा सामाजिक सुरक्षामा सुधार, चिया उद्योगको संरक्षण तथा पर्यावरणीय सन्तुलन सुनिश्चित गर्ने प्रयास आदि रहेका छन्।
रामकृष्ण शर्माले बजट विषयमा अघि भने, ‘यो बजेटले पहिलोपटक उत्तर बंगाललाई विकासको केन्द्रमा राखेको छ। उत्तर बंगाललाई केवल पर्यटन क्षेत्र वा चिया उत्पादन क्षेत्रका रूपमा मात्र होइन, शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, सूचना प्रविधि, पर्यटन तथा अन्तर्राष्ट्रिय व्यापारको सम्भावनायुक्त क्षेत्रका रूपमा हेरिएको छ।’
उनले भने, दार्जिलिङ, कालेबुङ, तराई तथा डुवर्सका जनताले दशकौँदेखि समान विकास, पर्याप्त लगानी तथा आधारभूत पूर्वाधारको माग गर्दै आएका थिए। वर्तमान बजेटले ती आकांक्षाहरूलाई सम्बोधन गर्ने स्पष्ट प्रयास गरेको छ।’
शर्माले भने, ‘यो पनि स्पष्ट रूपमा भन्न आवश्यक छ कि यदि विगतका तृणमूल कांग्रेस नेतृत्वका सरकारहरूले उत्तर बंगालप्रति वर्तमान सरकारले देखाएको दूरदृष्टि, प्रतिबद्धता तथा विकासमुखी सोचको केवल दश प्रतिशत मात्र पनि प्रदर्शन गरेका भए, आज उत्तर बंगालको विकासको तस्वीर पूर्णतः फरक हुने थियो।’
उनले भने, ‘उत्तर बंगाल केवल एउटा भौगोलिक क्षेत्र होइन। यो हिमालयको काखमा अवस्थित सभ्यता, संस्कृति, प्राकृतिक सम्पदा, पर्यटन, कृषि र चिया उद्योगको अनुपम संगम हो। यो पूर्वोत्तर भारतको प्रवेशद्वार हो। उत्तर बंगालको विकास बिना पश्चिम बंगालको समृद्धि सम्भव छैन। वर्तमान बजेटले यही यथार्थलाई आत्मसात् गरेको छ। यसले उत्तर बंगाललाई अवसर, विकास, लगानी, रोजगारी तथा समृद्धिको नयाँ युगतर्फ अग्रसर गराएको छ।’
शर्माले भने, ‘हामी भारतीय जनता पार्टी, परिवार यस ऐतिहासिक, जनमुखी तथा दूरदर्शी बजेटको हार्दिक स्वागत गर्दछ र विश्वास व्यक्त गर्दछ कि बजेटमा घोषणा गरिएका सम्पूर्ण योजनाहरू समयबद्ध तथा प्रभावकारी रूपमा कार्यान्वयन भएमा उत्तर बंगाल आगामी दशकमा पूर्वी भारतको सबैभन्दा विकसित, समृद्ध तथा सम्भावनायुक्त क्षेत्रका रूपमा स्थापित हुनेछ। यो बजेट उत्तर बंगालको उज्ज्वल भविष्यतर्फको एक ऐतिहासिक, परिवर्तनकारी तथा युगान्तकारी कदम हो।’

About Author

Advertisement