यशका बारेमा के भनिन् कियाराले?

IMG-20260826-WA0069

मुम्बई: ‘टक्सिक: अ फेयरिटेल फर ग्रोन-अप्स’को प्रचार कार्यक्रममा कियारा आडवाणीले आफ्नो जीवनको एउटा विशेष क्षणबारे खुलासा गरिन्।
फिल्मका सह-अभिनेता यश र निर्देशक गीतु मोहनदासप्रति कृतज्ञता व्यक्त गर्ने क्रममा उनले यो विशेष कुरा सार्वजनिक गरेकी हुन्।
‘टक्सिक’मा कियाराले नादियाको भूमिका निभाएकी छन्। यश र गीतुसँग काम गर्दाको अनुभव सुनाउँदै उनले आफू गर्भवती भएको खबर परिवारपछि सबैभन्दा पहिले फिल्मका नायक यश र निर्देशक गीतुलाई नै दिएको बताइन्।
कियाराले उनीहरू दुवैलाई सम्बोधन गर्दै भनिन्, “जब मैले आफू गर्भवती भएको खबर पाएँ, परिवारपछि सबैभन्दा पहिले तिमीहरू दुईजनालाई नै यो खबर सुनाएँ।”
त्यो समयमा यश र गीतुको प्रतिक्रियाबारे पनि अभिनेत्रीले बताइन्। उनका अनुसार, “त्यो क्षणमा तिमीहरू दुवैले फिल्मको काम कसरी पूरा गर्ने वा सबै कुरा कसरी व्यवस्थापन गर्ने भन्ने सोचेनौ। तिमीहरू दुवैको आँखामा आँसु र अनुहारमा मुस्कान थियो। तिमीहरूले मलाई बधाई दिँदै भन्यौ, ‘अब हामी जीवनको सबैभन्दा राम्रो समय बिताउनेछौँ, कियारा।’”

About Author

Advertisement