म्यान्मारमा ४.५ तीव्रताको भुइँचालो, भारतमा अरुणाचल प्रदेश, असम, नागाल्याण्डसम्म थर्कियो

Earthquake-Signal-copy

इटानगर: छिमेकी देश म्यान्मारसॅंग जोडिएको अन्तरराष्ट्रिय सीमावर्ती म्यान्मारको क्षेत्रमा आज (सोमबार) बिहान भारतीय समयानुसार ८:१५ बजे तीव्रताको भुइँचालोको झट्का महसूस गरियो। यसको प्रभाव यता भारतमा अरुणाचल प्रदेशका साथै असम र नागाल्याण्डका केही ठाउॅंहरूमा महसूस गरियो। यद्यपि, यहाँ भुइँचालोको तीव्रता कम थियो। पूर्वोत्तर क्षेत्र भूकम्पीय जोन-५ मा पर्छ। भारतीय सिस्मोलोजी केन्द्रअनुसार, यसको केन्द्र जमिनमा १४ किलोमिटर मुनि थियो। भुइँचालोको एपी सेन्टर २७.०५ उत्तरी अक्षांश तथा ९७.०४ पूर्वी देशान्त्तरमा स्थित थियो। भुइँचालोले क्षति पुऱ्याएको सचूना प्राप्त भएको छैन। -हिस

About Author

Advertisement