म्याच जिते पनि सीरीज उम्कायो भारतले

IMG-20241024-WA0253

नयाँ दिल्ली: भारतले दोस्रो हकी टेस्टमा बिहीवार वर्ल्ड च्याम्पियन जर्मनीलाई ५-३-ले पराजित गऱ्यो। यसअघि बुधवार खेलिएको म्याचमा जर्मनीले भारतलाई २-० ले पराजित गरेको हुनाले दुईवटा म्याचको हकी सीरीज १-१ को बराबरीमा रहँदा विजेताको फसेला पेनल्टी शूटआउटद्वारा गरियो। पेनल्टी शूटआउटमा चाहिँ जर्मनीले भारतलाई ३-१ ले पराजित गरी सीरीज जित्यो। आज कप्तान हरमनप्रीत सिंह र सुखजीत सिंहको २-२ गोलको सहायताले म्याच जिते पनि भारतले सीरीजलाई हातबाट उम्कायो। मेजर ध्यानचन्द स्टेडियममा आज जर्मनीको तर्फबाट एलियान माजकूरले सातौं र ५७औं मिनटमा जोड़ी गोल गरे। यसरी हेनरिक मर्टजेन्सले ६०औं मिनटमा गोल गरे । भारतको निम्ति दोस्रो हाफमा सुखजीत सिंह (३४औं र ४८औं मिनट) र कप्तान हरमनप्रीत (४२औं र ४३औं मिनट) ले २-२ गोल गरे। अन्य एउटा गोल अभिषेकले ४५औं मिनटमा गरे। हकीमा द्विपक्षीय सीरीज बराबरीमा रहे विजेताको फसेला शूटआउटद्वारा गरिन्छ। पेनल्टी शूटआउटमा चाहिँ भारतको प्रदर्शन निराशाजनक रह्यो । शूटआउटमा हरमनप्रीत, अभिषेक र मोहम्मद राहीलले गोल गर्न सकेनन्। शूटआउटमा भारतीय गोलकीपर कृष्ण बहादुर पाठकले दुईवटा गोल बचाए पनि आफ्नो टीमलाई सीरीज गुमाउनबाट बचाउन सकेनन् । भारतीय पुरुष हकी टीमले केही महिना अघि पेरिस ओलम्पिकमा काँस्य अनि एशियन च्याम्पियन्स ट्रफीमा खिताब जितेको थियो।

About Author

Advertisement