जलपाईगडी: आज मोहरम पर्व। यस अवसरमा जलपाईगुडी शहरका विभिन्न भागमा मुस्लिम समुदायका किशोरकिशोरी र युवाहरू लाठी खेलमा लागेका छन्। उनीहरूले जलपाईगुडी शहरको कदमतला, मर्चेन्ट रोड, आनन्दपारा, दिनबजार र समाजपारालगायत विभिन्न ठाउँमा लाठी खेलमा भाग लि रहेका छन् भनेे अर्कोतिर मानिसहरु लाठी खेलको रमाइलो दृश्यको अवलोकन गरिरहेको देखिए। मंगलबार राति पनि धेरै ठाउँमा लाठीको खेल देखियो। आज साँझ जलपाईगुडीको पहारपुर ग्राम पञ्चायतको कर्बलामा लाठी खेलको भव्य प्रदर्शनी आयोजना हुनेछ। त्यहाँ रातभर विभिन्न कार्यक्रम आयोजना गरिन्छ।










