मोहन बगानलाई पराजित गरी आईएसएल च्याम्पियन बन्यो मुम्बई सिटी एफसी

IMG-20240504-WA0230.jpg

काेलकत्ता: मुम्बई सिटी एफसी-ले लड़ाकू प्रदर्शन गर्दै इण्डियन सुपर लीग (आईएसएल) फूटबल प्रतियोगितामा दोस्रोपल्ट ट्रफी जित्यो । दर्शकहरूले टम्मै भरिएको सल्ट लेक स्टेडियममा शनिवार खेलिएको रोमाञ्चक फाइनलमा मुम्बई सिटी एफसी-ले मोहन बगानलाई ३-१-ले पराजित गऱ्यो। घरेलु प्रशंसकहरू अघि मोहन बगानको टीम मध्यान्तरसम्म पनि एक गोलले अघि रहेको थियो तर दोस्रो हाफको खेलमा लगातार तीन गोल छिराएर मुम्बई सिटी एफसी दोस्रोपल्ट आईएसएल च्याम्पियन बन्यो। मुम्बई सिटीले यसअघि २०२०-२१ सीजनमा पनि ट्रफी जितेको थियो। मोहन बगानलाई फाइनलमा जेसन कमिंग्सले ४४औं मिनटमा गोल दिलाए। त्यसपछि जर्ज परेरा डिआजले ५५औं मिनटमा मुम्बई सिटी एफसीलाई १-१-को बराबरीमा पुऱ्याए। अनुभवी बिपिन सिंहले ८१औं मिनटमा गोल गरी मुम्बई सिटी एफसी-को जीत सुनिश्चित गरे। त्यसपछि जाकुब भोजटसले इञ्ज्युरी टाइमको सातौं मिनटमा अझ एक गोल थपेर मुम्बई सिटी एफसी-लाई ३-१-ले विजयी बनाए । यस हारको साथै मोहन बगानले यस सीजनमा डूरण्ड कप र आईएसएल लीग शील्ड लिएर नै चित्त बुझाउनु पऱ्यो।

About Author

Advertisement