मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर नाबालकको मृत्यु

81fd1c5e-8f3a-4425-8fa5-50fd32aa8de8

इटहार (उत्तर दिनाजपुर): मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक नाबालकको मृत्यु भएको छ। यो दर्दनाक दुर्घटना उत्तर दिनाजपुर जिल्लाको इटहार थानाको बागबारी क्षेत्रमा भएको हो। जानकारी अनुसार बागबारी इलाका निवासी विशु पालका नाबालक छोरा राजा पाल दैनिक ज्याला मजदुरी गर्छन्। हिजो साँझ काम सकेर १५ वर्षीय राजा पाल घर फर्किएर मोबाइल चार्ज गर्न कोठामा गए। सोही क्रममा नाबालकलाई करेन्ट लागेको थियो। घटनाले क्षेत्रमा सनसनी फैलाएको छ। गम्भीर घाइते राजालाई आफन्तले हतारमा इटहार ग्रामीण अस्पताल पुऱ्याएका थिए। त्यहाँ चिकित्सकले प्राथमिक उपचारपछि मृत घोषणा गरेका थिए। खबर पाएपछि इटहार पुलिस घटनास्थलमा पुगेको थियो। पुलिसले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रायगञ्ज पठाएको छ। घटनापछि गाउँमा शोक छाएको छ।

About Author

Advertisement