मोनाको: यानिक सिनर र कार्लोस अल्काराजले विश्वका नम्बर १ स्थानको निम्ति आफ्नो होड़ जारी राखे कारण यी दुईजनाले मोण्टे कार्लोस मास्टर्स टेनिस टुर्नामेण्टको दोस्रो राउण्डमा असाधारण जीतको साथ आफ्नो क्ले कोर्ट सीजनको शुरुवात गरे। कुनै सेट नगुमाइ सनशाइन डबल पूरा गरेपछि सिनरले फ्रान्सीसी खेलाड़ी ह्यूगो हम्बर्टलाई केवल ६४ मिनटमा ६-३, ६-०-ले पराजित गरे। उनले दोस्रो सेटमा केवल ६ पोइण्ट गुमाए। दोस्रो वरीयता प्राप्त इटलीका यस खेलाड़ीको मास्टर्स १०००-मा यो लगातार १८औं जीत हो। उनले यस स्तरमा लगातार ३६ सेट जितेका छन्। अब सिनरले मोनाकोमा खिताब जित्न सके नयाँ ऱ्याङकिंगमा उनी अल्काराजलाई पछि छोड़ेर विश्वका नम्बर १ खेलाड़ी बन्नेछन्। वर्तमान च्याम्पियन तथा शीर्ष वरीयता प्राप्त स्पेनिश खेलाड़ी अल्काराजले पनि जीतको साथ क्ले कोर्ट सीजनको शुुरुवात गरे। उनले अर्जेण्टिनाका सेबेस्टियन बेजलाई ७० मिनटमा ६-१, ६-३-ले पराजित गरे। यस साल क्ले कोर्टमा अल्काराजको यो पहिलो म्याच थियो। उनले गत वर्ष रोमाञ्चक फ्रेञ्च ओपनको फाइनलमा सिनरलाई पराजित गरेका थिए। अल्काराजको क्ले कोर्टमा २२-१-को रेकर्ड रहेको छ। उनले गत वर्ष यस सतहमा ३ वटा खिताब जितेका थिए। अहिले विश्वका नम्बर एक खेलाड़ीको रूपमा कायम रहे पनि मोनाकोमा समीकरण बदलिन सक्छ। यस तथ्यसँग अल्काराज पनि अवगत छन्। अल्काराजले भने, यस खेलमा कुनै पनि कुरा स्थायी हुँदैन अनि म नम्बर १ स्थान गुमाउन पनि सक्छु। नतीजा जे भए पनि म आफ्नो खेलमा ध्यान केन्द्रित गर्न चाहन्छु। यूरोपेली क्ले कोर्ट सीजन शुरु हुनको साथै यी २ खेलाड़ीबीच एटीपी ऱ्याङकिंगमा पोइण्ट्सको अन्तर पनि घटेर ११९० पुगेको छ। मईको शुरुवातमा हुने इटालियन ओपनसम्म सिनरसँग बचाउनको निम्ति कुनै ऱ्याङकिंग पोइण्ट छैन कारण गत वर्ष उनी यसै समय २ वटा डोपिंग टेस्टमा फेल हुँदा ३ महिनाको निम्ति निलम्बित भएका थिए। अहिले सातपल्टका मेजर विजेतासँग ऱ्याङकिंगमा स्थान बदलिन उनले कम्तीमा सेमिफाइनलसम्म स्थान बनाउनु पर्नेछ अनि मोण्टे कार्लोमा अल्काराजको प्रदर्शनभन्दा असल प्रदर्शन गर्नु पर्नेछ। सिनरले अब अर्जेण्टिनाका फ्रान्सिस्को सेरुण्डोलोको सामना गर्नेछन् जबकि अल्काराजको भिड़न्त अर्जेण्टिनाका टोमस मार्टिन एचेवेरी या फ्रान्सका टेरेन्स एटम्यानसँग हुनेछ।










