मेलबर्न क्रिकेट ग्राउण्डमा दर्शकहरूले बनाए रेकर्ड

IMG-20241230-WA0117

मेलबर्न: मेलबर्न क्रिकेट ग्राउण्डमा अहिलेसम्मको दर्शक संख्याको रेकर्ड तोड़िएको छ जब भारत र अष्ट्रेलियाबीच चौथो टेस्ट म्याचमा जम्मा दर्शक संख्याले ३५०७००-को आँकड़ालाई पार गऱ्यो। चौथो टेस्ट म्याचको पाँचौं तथा अन्तिम दिन मैदानमा ५१३७१ जना दर्शक भेला भएका थिए, जसले १९३७ एशेज सीरीजको ३५०५३४ दर्शकहरूका रेकर्ड तोड़ियो जब डन ब्र्याडम्यान आफ्नो करियरको चरममा थिए। सोमवार लञ्च ब्रेकपछि दर्शक संख्या ६०००० पारी पुग्यो। क्रिकेट अष्ट्रेलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, पाँचौं दिन अहिले दर्शक संख्या ५१३६१ छ। अहिलेसम्म जम्मा ३५०७०० जना दर्शक यस टेस्ट म्याचको निम्ति उपस्थित रहे, जुन अहिलेसम्मको एउटा रेकर्ड हो। यसअघि ईंग्ल्याण्डविरुद्ध १९३७-मा ६ दिनको टेस्ट म्याचमा ३५०५३४ जना दर्शक आएका थिए।
भारत र अष्ट्रेलियाबीच चौथो टेस्ट म्याच मैदानमा सबैभन्दा अधिक दर्शकहरूले हेरेको दोस्रो टेस्ट हो। यसअघि १९९९-मा भारत र पाकिस्तानबीच ईडन गार्डनमा खेलिएको टेस्ट म्याचमा जम्मा ४६५००० दर्शकहरू आएका थिए। एमसीजी-मा पहिलो दिन ८७,२४२ जना दर्शक आएका थिए। यसरी दोस्रो दिन ८५,१४७, तेस्रो दिन ८३,०७३ र चौथो दिन ४३,८६७ जना दर्शक आएका थिए। सोमवारको दिन टिकट १० अष्ट्रेलियन डलरको थियो। मेलबर्न क्रिकेट क्लबका प्रमुख स्टुअर्ट फक्सले भने, मैले पहिला कुनै टेस्ट म्याचमा यस्तो देखेको थिइनँ। स्टेडियममा पहिलो दिनदेखि नै हाम्रा स्टाफहरूले दर्शकहरू खुशी रहेको बताएका थिए।

About Author

Advertisement