मेयर गौतम देवद्वारा फेरि अग्निकाण्ड स्थलको निरीक्षण

IMG_20221122_164505.jpg

सिलगढी: खुदीराम कोलनी वार्ड नम्बर १८ को भएको आग्निकाण्ड स्थलको मेयर गौतम देवले आज फेरि निरीक्षण गरे। घटनाको दिन तिनी सहरदेखि बाहिर थिए भने हिजो सिलगढी फर्किआएपछि साँझको समय तिनले घटनास्थलको निरीक्षण गरेका थिए। यसको साथै अग्निपीडितहरूलाई केही आवश्यक सामग्रीहरू प्रदान गर्नको साथै मेयर रिलिफ फन्डबाट अग्निपीडितहरूलाई ५ हजार रुपियाँ क्षतिपूर्ति दिने आश्वासन दिएका थिए। आज फेरि तिनले उक्त इलाकाको निरीक्षण गर्नको साथै इलाकाका मानिसहरूसित कुराकानी पनि गरे। यस अवधि तिनले अग्निपीडितहरूलाई चाँडै तिनीहरूको आवश्यक कागजपत्र बनाइदिने आश्वासन दिए।सिलगढी नगर निगमले भीषण आगलागी पीडितहरूलाई मद्दत गर्नेभयो।नगर निगमको वार्ड नम्बर १८ खुदिराम कोलोनीस्थित रानाबस्ती क्षेत्रमा शनिबार साँझ आगलागी हुँदा ४५ घर जलेर नष्ट भएका थियो। आठ दमकलको निरन्तर प्रयासमा आगो नियन्त्रणमा आएको थियो। यद्यपि उक्त भीषण आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन। त्यहाँका बासिन्दाका लगभग सबै सामानहरु भने यस आगलागीमा जलेर खरानी भएका छन्।

About Author

Advertisement