मेघालय: ‘विकसित भारत’का लागि वित्तीय स्रोत जुटाउने विषयमा नयाँ दिल्लीमा सम्मेलन

FB_IMG_1789809836522

मुख्यमन्त्री साङ्माकाे सहभागिता
​
नयाँ दिल्ली: भारत काे राजधानी दिल्लीस्थित भारत मण्डपममा राज्यका अर्थमन्त्रीहरू तथा अर्थ सचिवहरूको सम्मेलन सम्पन्न भएको छ। “विकसित भारततर्फ भारतको यात्रामा वित्तीय व्यवस्थापन” (फायननसिग इजडियनस जरनि टुवरडस विकसित भारत) विषयमा आयोजना गरिएको उक्त सम्मेलनमा भारतका विभिन्न राज्यका अर्थमन्त्री तथा वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।

उक्त सम्मेलनमा मेघालयका मुख्यमन्त्री कोनराड के साङ्माले पनि सहभागिता जनाएका छन्। साङ्माका अनुसार सम्मेलनमा सार्वजनिक वित्त सुदृढीकरण, नवीन वित्तीय व्यवस्थापन, कृषि, ऊर्जा रूपान्तरण, प्रविधि तथा कुल राज्य घरेलु उत्पादन (जीएसडीपी) मार्फत आर्थिक वृद्धिको मापन जस्ता विषयहरूमा गहन छलफल भएको छ। यी विषयहरू मेघालयको आफ्नै आर्थिक यात्राका लागिसमेत अत्यन्त सान्दर्भिक रहेको उनले बताएका छन्।
​मुख्यमन्त्री साङ्माले मेघालयले ‘मिसन १०’ मार्फत प्रमुख क्षेत्रहरूमा लक्षित रूपान्तरणको एजेन्डा अघि बढाएको जानकारी दिएका छन्। यस अन्तर्गत नयाँ अवसरहरूको सिर्जना, पूर्वाधार सुदृढीकरण, जीविकोपार्जन तथा उद्यमहरूको प्रवर्द्धन र दिगो अर्थतन्त्रको निर्माणमा विशेष जोड दिइएको छ।
​सन् २०३२ सम्म मेघालयको विकासको दूरदृष्टिलाई साकार पार्नका लागि यस्ता सम्मेलनहरूले अन्य राज्यहरूबाट सिक्न, विशेषज्ञहरूसँग छलफल गर्न र विकासका लागि वित्तीय स्रोत जुटाउने नयाँ उपायहरू पहिल्याउन महत्त्वपूर्ण अवसर प्रदान गर्ने साङ्माको भनाइ छ।
​कार्यक्रममा सार्थक र फलदायी छलफलका लागि मुख्यमन्त्री साङ्माले केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणका साथै सम्पूर्ण वक्ता तथा सहभागीहरूप्रति आभार व्यक्त गरेका छन्।

About Author

Advertisement