मेघालय: गारो भाषामा ‘अंकल टम्स केबिन’ अनुवादमाथि नयाँ अध्ययन सार्वजनिक

0c8508a7-8f6d-49ce-9a41-16590d56b71e

तुरा: विश्व साहित्य र गारो भाषाबीचको सम्बन्धमा केन्द्रित मेलकियर चिसिम सङ्माको नयाँ पुस्तक ‘व्हेन अंकल टम स्पोक गारो ’ सोमबार उत्तर–पूर्वी पहाडी विश्वविद्यालयको तुरा क्याम्पसमा सार्वजनिक गरिएको छ। पुस्तकमा ह्यारिएट बिचर स्टोको चर्चित कृति ‘अंकल टम ’स केबिन ’ लाई माकेन्सेन रोङमुथुले गारो भाषामा गरेको अनुवादको भाषिक, साहित्यिक, सांस्कृतिक र नैतिक पक्षको आलोचनात्मक अध्ययन गरिएको छ।
पुस्तकको विमोचन बिश्वाबिद्यालय तुरा क्याम्पसको गारो विभागकी प्रमुख डा. डोकाची च. मारकले गर्नुभयो। कार्यक्रममा प्राध्यापक, विद्यार्थी, कलेज शिक्षक तथा साहित्यिक अनुसन्धानकर्ताहरूको सहभागिता थियो।
डा. मारकले सङ्माको अनुसन्धानात्मक प्रयासको प्रशंसा गर्दै गारो साहित्यको विकासमा अनुसन्धान, अनुवाद र आलोचनात्मक अध्ययनको महत्त्व औँल्याउनुभयो। पुस्तकले गारो भाषामा अनूदित साहित्यको थप अध्ययन तथा अनुसन्धानका लागि नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ।

About Author

Advertisement