मेगा स्वास्थ्य जाँच शिविर

1634450541_swasthya-1200x560.jpg

सिलगढी। आज मेगा स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त शिविर सिलगढीको महाबीरस्थान आनन्दमयी कालीबारी समितिको पहलमा गरिएको थियो। शिविरमा आज विशिष्ट चिकित्सकहरूले मानिसहरूको स्वास्थ्य जाँच गर्दै उचित परामर्श दिए। उक्त शिविरको माध्यमद्वारा मानिसहरूले आँखा जाँच, शिशुरोग विशेषज्ञ, सुगर, ब्लक प्रेसर, युरिक एसिड लगायत अन्य शारीरिक परीक्षा गराए। आनन्दमयी कालीबारी समितिका सचिव भास्कर विश्वासले बताएअनुसार समितिको तर्फबाट धेरै दिन अघिदेखि यस प्रकारको शिविरको आयोजना गर्दै आइरहेको छ। यथापि, कोरोनाले गर्दा शिविरको आयोजना गरिएको छ। हाल कोरोनाको परिस्थिति सामान्य बनेपछि फेरि शिविरको आयोजना गरिएको हो।

About Author

Advertisement