ईन्धन रिसावको कारण दोस्रोपल्ट मून मिशन आर्टेमिस-१ को लञ्चिङ नहुँदा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दुवै विफलताहरूको समीक्षा गर्ने फसेला गरेको छ। शनिबार दोस्रोपल्ट पनि रकेटमा तकनीकी खराबीपछि अब ६ सेप्टम्बरसम्म आर्टेमिस-१ लाई लञ्च गर्नु अत्यन्तै कठिन लागिरहेछ। नासाले बताएको छ, दोस्रो लाञ्च प्रयासको समय इन्जीनियरहरूले एसएलएस रकेटबाट तरल हाइड्रोजनलाई भर्ने र निकाल्नको निम्ति उपयोग गरिने ८-इन्च लाइनको वरिपरिका ग्राउण्ड साइड र रकेट साइड प्लेट्सबीच रिसाव देखियो। सीललाई फेरि लगाउने तीन प्रय़ास असफल रह्यो तर रकेट सुरक्षित रह्यो। इन्जीनियरहरूले अब उनीहरूले सेप्टेम्बरको शुरूआतमा लञ्चिङको प्रयास नगर्ने फसेला लिएका छन्। स्पेस एजेन्सीले आफ्नो बयानमा भनेको छ, ‘आउँदो केही दिनमा इन्जीनियरहरूको टीमहरूले लाञ्च प्याड ३९बी-मा रिसावको क्षेत्रसम्म पहुँच स्थापित गर्नेछन्l’
नासाको मून मिशनअन्तर्गत रकेट आर्टेमिस-१ लाई ३ सेप्टेम्बर राति ११ बजेर ४७ मिनटमा उड़ान भर्नुथियो, तर अन्तिम समयमा यसलाई रद्द गरियो। यसअघि २९ अगस्तमा रकेटको ४ मध्ये तेस्रो इन्जिनमा आएको तकनीकी गड़बड़ी र खराब मौसमको कारण यसको लञ्चिङलाई स्थगित गरिएको थियो। शनिबार दोस्रोपल्ट पनि रकेटमा तकनीकी खराबीपछि लञ्चिङ हुन सकेन। अब ६ सेप्टेम्बरसम्म आर्टेमिस-१ लाई लञ्च गर्नु अत्यन्तै कठिन लागिरहेछ। नासाको यो मिशन चन्द्रमा र मङ्गल ग्रहहरूमा मानव पठाउने महत्वाकांक्षी परियोजनाहरूसित जुड़ेको छ। यस मिशनको पहिलो लक्ष्य अन्तरिक्षमा मानवलाई पठाउनअघि अहम जानकारीहरू जुटाउनु हो ताकि आर्टेमिस-२ र आर्टेमिस-३ मा मानवलाई चन्द्रमा र मङ्गल ग्रहहरूमा सजिलै पठाउन सकियोस्।











