प्रा. रामकुमार थापा सिक्किम अल्पाइन विश्वविद्यालयका नवनियुक्त समकुलपति

0-IMG-20220904-WA0127

नाम्ची: नाम्चीस्थित सिक्किम अल्पाइन विश्वविद्यालयका समकुलपति (प्रा. भाइस चान्सेलर) पदमा मिजोरम केन्द्रिय विश्वविद्यालयको विज्ञान संकायका सेवा निवृत्त प्रमुख (डीन) प्रा. रामकुमार थापाको नियुक्ति भएको छ। मिजोरमको ऐजवलबाट कालेबुङ बसाइ सरी आएका प्रा. थापा पहिले पाचुङ्गा युनिभर्सिटी कलेजमा व्याख्याता र प्रवाचक थिए भने कालान्तरमा प्राध्यापक पदमा प्रा.न्नत भएपछि २००१-मा खोलिनासाथ मिजोरम केन्द्रीय विश्वविद्यालयको भौतिक विज्ञान संकायका संस्थापक अध्यक्ष पदमा नियुक्त भएका थिए। वरीयताका आधारमा प्रा. थापा विज्ञान संकाय प्रमुख (डीन) पनि भएका थिए।      

सिक्किम र दार्जीलिङका धेरै विद्यानुरागी छात्रहरूलाई पनि लगेर मिजोरम विश्वविद्यालयबाट विद्यावारिधि (पीएच डी) गराउनाका साथै विज्ञानमा उच्च शिक्षा र जीविकोपार्जनका लागि विदेशमा पनि स्पर्धा गर्न सक्षम बनाएका थिए। आजसम्म २१जना शोधार्थीले उनको निदेशनमा पीएचडी उपाधि पाइसकेका छन्। भौतिकी विषयक तीनवटा आधिकारिक ग्रन्थका लेखक प्रा. थापाले अहिलेसम्म देश-विदेशका प्रतिष्ठित विज्ञान पत्रिकामा २८०वटा शोधपत्र प्रकाशित गराइसकेका छन्।

माक्विस हुज हू-ले उनलाई नर्थ वर्दी फिजिक्स एडुकेटर उपाधि दिइसकेको छ भने मिजोरम प्रशासनले बेस्ट साइन्स टीचर सम्मान प्रदान गरिसकेको छ। उत्तरपूर्वी भारतको फिजिक्स एकाडमीले एमिनेन्ट फिजिसिस्ट अवार्ड दिएगो छ भने नेपालको कन्डेन्स फिजिक्स रिसर्च सेन्टर नेपालले मानसेवी निदेशक (अनरेरी डायरेक्टर) उपाधि प्रदान गरेको छ। एलसेभिर पब्लिसरले यिनलाई सेवामुक्त आचार्य (एमिरिटस प्रा.फेसर), वैज्ञानिक तथा अदत्त पुनर्विलोक (आउटस्ट्याण्डिङ रिभिवर) सम्मान दिएको छ। जवाहरलाल नेहरू सेन्टर फर एडभान्स साइन्स र इण्डियन साइन्स एकाडमीका फेलो प्रा. थापा इण्डियन एस्सोसिएशन अब् फिजिक्स टीचर्सका आजीवन सदस्य छन्। इज्रायल र इरानसहित थुप्रै देशमा  भौतिकी विषयक उच्चतर शोध र निदेश गरिसकेका तथा प्रशासनिक काम पनि सह्मालिसकेका प्रा. रामकुमार थापा सिक्किम अल्पाइन विश्वविद्यालयका सहकुलपति नियुक्त हुँदा विद्वत्समाज हर्षित रहेको थाहा लागेको छ।

About Author

Advertisement