मुर्शिदाबादमा नामांकनलाई केन्द्र गरी भएको हिंसा मामिलामा ५२ जना पक्राउ

00-1-Rajya-Samachar-2

कोलकाताः मुर्शिदाबाद जिल्ला अन्तर्गत डोमकल र अन्य क्षेत्रमा पंचायत चुनाउको निम्ति नामांकनलाई केन्द्र गरी भएका हिंसा मामिलामा अहिलेसम्म ५२ जनालाई पक्राउ गरिएको छ। राज्य चुनाउ आयोग सूत्रहरूले मङ्गलवार यसबारे जानकारी दिएको छ। जानकारी अनुसार, डोमकल थाना पुलिसले अलग-अलग क्षेत्रहरूमा तलाशी अभियान चलाएऱ यी सबैलाई पक्राउ गरेको छ। यिनीहरू विरूद्ध धारा ३०७ अन्तर्गत मुकदमा दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।

उल्लेख्य, गत शुक्रवारदेखि पश्चिम बंगालका विभिन्न हिस्साहरूमा नामांकन दर्ता गर्ने प्रक्रिया शुरू भएको छ र लगातार चलिरहेछ। चारैतिर मारपीटका घटनाहरू भइरहेछ। मुर्शिदाबादको डोमकलमा नामांकन दर्ता गर्न पुरेका कांग्रेस उम्मेदवारहरूलाई तृणमूल कार्यकर्ताहरूले घेरेर कुटेका थिए। यसपछि दुवैबीच ढुंगामुड़ा भएको थियो। उनीहरूलाई तितर-बितर गर्न पुगेको पुलिसले जब लाठीचार्ज शुरू गऱ्यो तब तृणमूलका अञ्चल अध्यक्ष बसीर मोल्लादेखि पिस्टल उद्धार गरिएको थियो। यस बाहेक चार राउण्ड गोली पनि उद्धार गरिएको थियो। पुलिसले यी सबै जानकारी कोर्टलाई दिने निर्णय गरेको छ। जसलाई पक्राउ गरिएको छ, त्यसमा तृणमूल कांग्रेससित जुड़ेका मानिसहरू कम छन् भने विपक्षका धेरै, यसैले पुलिस कारबाहीमाथि प्रश्न चिह्न खड़ा हुन थालेको छ।

-हिस

About Author

Advertisement