मुम्बई इण्डियन्सलाई पराजित गरी राजस्थान रोयल्स शीर्ष स्थानमा

IMG-20260408-WA0003

गुवाहाटी: आईपीएल २०२६-को १३औं म्याचमा राजस्थान रोयल्सले ५ पल्टको च्याम्पियन मुम्बई इण्डियन्सलाई २७ रनले पराजित गऱ्यो। यस जीतको साथ राजस्थान रोयल्स ३ वटा म्याचमा ६ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। लगातार वर्षाले गर्दा मंगलवार म्याच ढिलो गरी शुरु भयो अनि म्याच ११-११ ओभरको २ ईनिंग्समा खेलियो। टस हारेर पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सले ११ ओभरमा ३ विकेट गुमाएर १५० रन बनायो। ओपनर यशस्वी जयसवालले अविजित ७७ रन बनाए। उनले ३२ बल खेलेर १० वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक उनका ओपनिंग जोड़ीदार वैभव सूर्यवंशीले ५ वटा छक्का र एउटा चौकाको सहायताले १४ बलमा ३९ रन बनाए। जयसवाल र सूर्यवंशीले पहिलो विकेटको निम्ति ३० बलमा ८० रनको पार्टनरशीप गरे। कप्तान रियान परागले २० रनको योगदान दिए। मुम्बईका बलरहरूमा एएम गजनफारले २ विकेट लिए। त्यसपछि मुम्बई इण्डियन्सले ११ ओभरमा ९ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो। नमन धीर र शेरफेन रदरफोर्डले २५-२५ रनको योगदान दिए। यसबाहेक तिलक वर्माले १४ रन बनाए। ठूलो लक्ष्यको दबाउमा परेर मुम्बई इण्डियन्सले पहिलो ओभरदेखि नै लगातार विकेट गुमायो। रोहित शर्मा ५ र सूर्यकुमार यादव केवल ६ रन बनाएर आउट भए। कप्तान हार्दिक पाण्ड्याले ९ रन बनाए। राजस्थान रोयल्सका बलरहरूमा नान्द्रे बर्गर, सन्दीप शर्मा र रवि बिश्नोईले २-२ विकेट लिए।

About Author

Advertisement