मुन्सिलिङ पाठशाला गुम्बा डाँडामा शिक्षक दिवस समारोह सम्पन्न, शिक्षिका श्रीमती रेजिना तामाङलाई गरियो विदाई

IMG-20220906-WA0066.jpg

गितडब्लिङ: लाभा गितबियोङ अधिनस्थ गुम्बा डाँडा स्थित मुन्सिलिङ विद्यालयमा सोमबार राष्ट्रिय शिक्षक दिवस कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको छ।
विद्यार्थी तथा अविभावकहरूको विशेष आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरूलाई सम्मानित गरिएको थियो। कार्यक्रममा परम पवित्र कोचेन रिम्पोचेका सचिव तथा विद्यालय सञ्चालन समितिका ज्युर्मे लाडु विशेष रुपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रमकै क्रममा विद्यालयमा लामो समयसम्म शिक्षण पेशामा आवद्ध रहेकी शिक्षिका श्रीमती रेजिना तामाङलाई विद्यालयले ससम्मान विदाई गरेको थियो। एक अनुशासित, कर्तव्यनिष्ठ, मिलनसार औ मृदुभाषी छवि भएकी श्रीमती तामाङलाई परम पवित्र रिम्पोचेको तर्फबाट प्रदान गरिएको स्मृति चिन्ह विद्यालयकी प्रधान अध्यापिका सुश्री छिरिङ याङछेन भुटियाले प्रदान गरेकी थिइन्। उहाँलाई दोसल्ला ओडाएर अभिनन्दन गरिदाँ कार्यक्रमको वातावरण केही क्षण भावुक बनेको थियो।

About Author

Advertisement