मुख्यमन्त्री सरमाले दिए दिवाली र काली पूजाको शुभकामना

Assam-CM-Sarma-greets-people-on-occasion-of-Diwali-and-Kali-Puja.jpg

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले दिवालीको अवसरमा समस्त देशवासीहरूलाई शुभकामना दिएका छऩ्। आज सोशल मीडियाको माध्यमले मुख्यमन्त्रीले भने, प्रभु श्री राम अयोध्या फर्केको खुशीमा सारा देश आज उत्साहित छ।

यस सालको दिवाली खास छ किनभने मर्यादा पुरूषोत्तम प्रभु श्री राम ५०० वर्षपछि आफ्नो जन्मस्थल अयोध्यामा विराजमान हुनेछन्। यस पवित्र र एतिहासिक अवसरमा समस्त देशवासीहरूलाई दिवालीको हार्दिक शुभकामना।

कालीपूजाको शुभकामना सन्देशमा उनले भने, श्रीश्री काली पूजाको अवसरमा सबैलाई मेरो हार्दिक शुभकामना। आदिशक्ति महामायाको आशीर्वादले समाजबाट सबै नकारात्मक शक्तिहरूको नाश गरोस् र हाम्रो जीवनमा सुख, शान्ति, समृद्धि र विश्व कल्याणको सन्देश ल्याओस्।

About Author

Advertisement