गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज बिहान मिंटोकगाङमा सिक्किम बास्केटबल संघका कार्यकारिणी सदस्यहरू तथा टोलीसँग भेट गरे। टोलीको नेतृत्व अध्यक्ष विष्णु लामा, उपाध्यक्ष श्रीमती निमा छोदेन ल्हासुङ्पा, कोषाध्यक्ष त्सुल्त्रिम खाम्पा तथा राज्य प्रशिक्षक सोनाम बारफुङ्पाले गरेका थिए भनि मुख्यमन्त्रीले सामाजिक संजाल मार्फत जनाए।
मुख्यमन्त्रीले सामाजिक संजाल मार्फत उल्लेख गरे अनुसार पुरुष र महिला दुवै टोली ७५औँ राष्ट्रिय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन चेन्नई प्रस्थान गर्नेछन्।
उनले खेलाडीहरूलाई उत्साह दिएर सफलताका लागि शुभकामना व्यक्त गर्दै आगामी प्रतियोगितामा उनीहरूले राज्यको नाम उच्च बनाउन सफल हुने पूर्ण विश्वास व्यक्त गरे।










