खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई खरसाङमा न्यानो स्वागत जनाएपछि जीटीए प्रमुख कार्यपाल अनित थापाले पत्रकारहरूसित कुराकानी गर्दै भने मुख्यमन्त्रीको पहाड़ भ्रमणमा आएकोले हामीले पहाड़को संस्कार अनुसार स्वागत जनाएका छौं र उनको स्वागतमा पहाड़को विकास र उन्नति हुन्छ भनी बताएका छन्। उनले हामीले मुख्यमन्त्री पहाड़ आएको बेला पहिला पनि स्वागत गरेको र अहिले पनि स्वागत गरेको बताएका छन्। अनित थापाले मुख्यमन्त्रीको यो भ्रमण पारिवारिक भ्रमण रहेको बताउँदै उनी खरसाङ आएकोले हाम्रो नर्मल भेटघाट हुन्छ भनी बताए। उनले मुख्यमन्त्री समक्ष पहाड़को विकासको लागि विभिन्न प्रस्तावहरू पठाएको र उनी पहाड आएको समय पहाड़को लागि केही घोषणा हुनसक्छ भन्ने कुरामा आशा व्यक्त गरेका छन्। थापाले आगामी 8 दिसम्बरको दिन खरसाङमा हुने मुख्यमन्त्रीको कार्यक्रम सरकारी कार्यक्रम रहेको र उक्त दिन मुख्यमन्त्रीले विभिन्न सरकारी सहुलियतहरू वितरण गर्ने र जनसभालाई सम्बोधन गर्ने पनि कार्यक्रम रहेको बताएका छन्। जीटीए प्रमुख कार्यपाल अनित थापाले २०२४ को लोकसभा चुनाव विषयमा सोधिएको प्रशनको उत्तरमा अहिले चुनाव आउनु निक्रै रहेको र चुनाव विषयमा अहिले नै केही नसोचेको बताउँदै सबैलाई थाहा छ हामी भागोप्रमो पार्टी तृणमूलको गठबन्धन पार्टी हो र २४ को लोक सभा चुनावको लागि प्रार्थी चुन्नलाई पछिबाट सल्लाह गर्नेछौं भनी बताए। उनले हामी तृणमूलसित मिलेर सल्लाह गरेर कसरी सही हुन्छ र के गर्दा हाम्रो जीत हुन्छ त्यही अनुसार हाम्रो कार्यक्रम हुनेछ भनी बताएका छन्।











