गान्तोक: राज्यका मुख्मयन्त्री प्रेम सिंह तामाङले आज उनको सरकारी निवास मिन्तोगाङमा गकर रिम्पोछे गवाङ तेञ्जिङ ग्युर्मिडसँग भेट गर्दै आशिर्वाद ग्रहण गरे। रिम्पोछेसँगको भेटमा मुख्यमन्त्रीले गहिरो अनुभव गरेको र उनको महान आध्यात्मिक आभा र बुद्धिले शान्तिको भावना आफूमा जगाएको बताएका छन्।
सिक्किमका जनताको तर्फबाट मुख्यमन्त्रीले शान्ति र समृद्धिको लागि प्रार्थना गर्दै उनको अमूल्य आशिर्वादको निम्ति कृतज्ञता प्रकट गरेका छन्।
रिम्पोछेको महानताको मार्गदर्शन र आध्यात्मिक अन्तर्दृष्टिको सम्मान गरिएको साथै सिक्किमका जनतामा उनको जीवनले ल्याउने आशा र सकारात्मकताका लागि कृतज्ञता रहेको मुख्यमन्त्रीले विचार व्यक्त गरेका छन्।









