गान्तोक: सिक्किम विधानसभा अध्यक्ष मिङ्मा नोर्बू शेर्पाले आज मुख्यमन्त्री प्रेमसिँह तामाङसित भेट गरे। आगामी ५ देखि ९ अगस्तसम्म चल्ने बजेट अधिवेशनलाई केन्द्र गरेर भेट गरेको हो। मुख्यगरि, मुख्यमन्त्री तामाङलाई नेश्नल ई-विधान एप्लिकेशन (ईभा) बारे जानकारी दिइयो। उक्त ईभा एप् आगामी बजेट अधिवेशनमा प्रयोग गरिने तयारी गरिएको छ। बजेट अधिवेशनमा पहिलोपल्ट एप्लिकेशनको प्रयोग गरिएको हो। मुख्यमन्त्रीसितको भेटमा सिक्किम विधानसभाका सचिव, निदेशक अनि अन्य उच्च अधिकारीहरु सामेल थिए।










