मुख्यमन्त्री तामाङप्रति नागाल्याण्डका पर्यटन मन्त्री आलोङद्वारा कृतज्ञता प्रकट

FB_IMG_1733327373289

गान्तोक(सिक्किम): नागाल्याण्ड राज्यको किसामा भिलेजमा आयोजना भइरहेको हर्नबिल फेस्टिवल २०२४ को २५औं संस्करणमा सिक्क्किम राज्यको उत्साहजनक सहभागिताको निम्ति नागाल्याण्ड राज्यका पर्यटन तथा उच्च शिक्षा मन्त्री तेम्जेन इम्ना आलोङले सिक्किम सरकार र मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा सिक्किम भ्रमणमा आउने आफ्नो इच्छा जाहेर गरेका छन्।
राज्य आईपीआर विभागले जारी गरेको एक अन्तर्वार्तामा मन्त्री आलोङले मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रशंसा गर्दै सिक्किम एक गतिशील मुख्यमन्त्रीको नेतृत्वमा अघि बढिरहेको बताएका छन्। उनले सिक्किम र नागाल्याण्डका मानिसहरूको रिवाज, खानपान भिन्नै हुन सक्छ, तर उनीहरू हामी जस्तै छन् र हामी उनीहरू जस्तै छौं भने। उनले हामी सॅंगै अगाडि बढ्ने क्रममा साझेदारी बढाउनु आवश्यक रहेको बताए।
नागाल्याण्डका मुख्यमन्त्री नेफ्यू रियोले हर्नबिल फेस्टिवलमा आफ्ना छिमेकी राज्यहरूसॅंग साझेदारीको घोषणा गरेकोमा रियोप्रति कृतज्ञता व्यक्त गरे। उनले यस महोत्सवमा सिक्किमबाट धेरै संख्यामा सहभागिता रहेको उल्लेख गर्दै सिक्किमेहरू पर्यटकको रूपमा नभएर मित्रहरूको रूपमा अघि आएको बताए। सिक्किमेहरूले यहॉंबाट नागाहरूको माया लिएर जानेछन् भनी उनले विश्वास व्यक्त गरे। उनले नागाल्याण्ड र सिक्किमबीच साझेदारीको निम्ति धेरै सम्भावनाहरू रहेको पनि बताए।

About Author

Advertisement