मुख्यमन्त्री गोलेले राज्यवासीलाई बधाई र शुभकामना टक्राए

IMG_20220708_234950.jpg

गान्तोक: सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राज्यवासीलाई दुर्गा पूजा र बडा दशैंको हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री गोलेले आज जारी आफ्नो सन्देशमा भनेका छन्, देवी दुर्गा शक्तिकी प्रतीक हुन्। नारी शक्तिको दिव्य रूप पनि हुन्। यस पर्वको शुभ अवसरमा महिलालाई पहिलेभन्दा उच्च सम्मान र जीवनका हरेक क्षेत्रमा समान सहभागिता हुने समाज निर्माण गर्ने संकल्प गरौं।मुख्यमन्त्रीले दुर्गा पूजा असत्यमाथि सत्यको जीतको प्रतीकका साथै ठूला-बडाहरूबाट आशीर्वाद लिने अवसर पनि रहेको बताएका छन्। यो खुशीको उत्सवले सबैमा शान्ति, सद्भाव र एकताको भावना लिएर आओस् भनी उनले प्रार्थना पनि गरेका छन्।

About Author

Advertisement