मुख्यमन्त्री गोलेद्वारा मन्त्री पुरन गुरुङलाई जन्मदिनको शुभकामना

FB_IMG_1790243752211

​गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)ले राज्यका मन्त्री पुरन गुरुङलाई जन्मदिनको शुभकामना दिएका छन्।
​मुख्यमन्त्री गोलेले बिहीबार सामाजिक सञ्जालमार्फत मन्त्री गुरुङलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उनको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सफलताको कामना गरेका हुन्।
​”माननीय मन्त्री श्री पुरन गुरुङज्यूलाई जन्मदिनको हार्दिक शुभकामना,” मुख्यमन्त्री गोलेले लेखेका छन्, “आउने वर्षहरूमा यहाँलाई उत्तम स्वास्थ्य, खुसी र समृद्धि मिलोस्। जनताको सेवा र कार्यहरूमा निरन्तर सफलताको कामना गर्दछु।”
​सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारमा मन्त्री रहेका गुरुङलाई मुख्यमन्त्रीको शुभकामनासँगै विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले पनि जन्मदिनको बधाई तथा शुभकामना दिइरहेका छन्।

About Author

Advertisement