गान्तोक: १० अप्रेलदेखि शुरू भएको २३औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप प्रतियोगिताको चौथो क्वाटरफाइनल खेल आज पाकिमको कार्थोक आर्चेरी खेल मैदानमा सम्पन्न भयो। यस प्रतियोगितामा स्यारी निर्वाचन क्षेत्रका विधायक तेञ्जिङ लाम्ठा मुख्य अतिथिकारूपमा उपस्थित थिए। मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवडा, जिल्ला पञ्चायत अध्यक्ष लाडेन ल्हमू भोटिया लगायत अन्य अथिहरुको पनि उपस्थिति रहेको थियो। सो कार्यक्रम सिक्किम भारतको एक अभिन्न अङ्ग भएको ५०औं वर्षगाँठको अवसरमा आयोजन गरिएको हो। यसको र्को उद्देश्य नशामुक्त भारत अभियान र नशामुक्त सिक्किम अभियानलाई सफलतापूर्वक सम्पन्न गर्नु रहेको छ। पाकिम जिल्ला आर्चेरी एसोसिएसन र जिल्ला प्रशासन केन्द्रको संयुक्त पहलमा आयोजित प्रतियोगितामा ताथाङचेन गोल्ड बनाम मेनेमला ब्लूबीच सम्पन्न भएको थियो। प्रतियोगितामा ताथाङचेन गोल्डका खेलाडी छिरिङ भोटियालाई म्यान अफ् द म्याच घोषित गरियो। उल्लेखनीय छ, गत १० अप्रेलदेखि शुरू भएको २३औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप प्रतियोगिताको फाइनल खेल आगामा २७ अप्रेलको दिन हुने भएको छ।










