मुख्यमन्त्रीले राज्यवासीहरूलाई १६औं रोलू दिवसमा आमन्त्रित गरे

n64408014717346321455145805886de2f3eaa86fbb2d3b53e9d102feda471a394ddd9ced7d53dc07f74b4b

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनतालाई आगामी २१ दिसम्बरका दिन १६औं रोलू दिवसमा सहभागी बन्ने आह्वान गरेका छन्। मुख्यमन्त्रीले आज सोशियल साइट फेसबुक पेजमा आगामी २१ दिसम्बरका दिन मनाइने १६औं रोलू दिवसमा महत्वपूर्ण समारोहमा सहभागी बन्न आमन्त्रित गरेका छन्।
उल्लेखनीय छ, सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले १६ वर्ष अघि २१ दिसम्बरकै दिन रोलूमा परिवर्तनको शंखघोष गरेको थियो। एसकेएमले हरेक वर्ष रोलू दिवस मनाउॅंदै आइरहेको छ भने सो दिवस एसकेएमको निम्ति ऐतिहासिक दिन बनेको छ।

About Author

Advertisement