मुख्यमन्त्रीले गरे सेनाका वरिष्ठ अधिकारीहरूसॅंग उच्चस्तरीय बैठक

n5455158261696843256043de277f98cdd2df1f724e9c14d27fd508a053126e3fdd7385beff4d2e24e95aa7.jpg

गान्तोक: सिक्किमलाई गत ४ अक्टोबरको प्राकृतिक आपदाले पुऱ्याएको क्षतिको बारेमा चर्चा गर्न अनि पुनर्निर्माण कार्यको निम्ति समाधान खोजी निकाल्न मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमवार बिहान उच्चस्तरीय बैठक आयोजन गरे।

यस बैठकमा राज्यका मुख्य सचिव वीबी पाठक चीफ अफ् आर्मी स्टाफ जेनरल मनोज पाण्डे, इस्टर्न कमाण्डका जीओसी लेफ्टिनेन्ट जेनरल आरपी कालिता, ३३ कोरका जीओसी लेफ्टिनेन्ट जेनरल वीपीएस कौशिक र १७ माउण्टेन बटालियनका जीओसी मेजर जेनरल अमित कबथियाल सामेल थिए।

बैठकको आयोजन सङ्कटको तत्काल समाधान गर्ने सरकारको प्रतिबद्धता र प्रभावित समुदायको हित र पुनःस्थापना सुनिश्चित गर्न सेनाका नेतृत्वहरूसँग हात मिलाएर काम गर्ने कुरालाई प्राथमिकतामा राखेर गरिएको थियो। यस संयुक्त प्रयासले हालैको प्रकोपबाट उत्पन्न चुनौतीहरूको लागि राज्य र जनताको राहत र कल्याणको लागि साझा समर्पण प्रदर्शन गर्दै लचिलो र एकताबद्ध प्रतिक्रियाको प्रतिज्ञा गर्दछ भनी बताइएको छ।

About Author

Advertisement