गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले विधायक इरुङ तेन्जिङ लेप्चालाई जन्मदिनको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्रीले लेप्चाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै आगामी दिनमा पनि उहाँले यसरी नै निष्ठा, इमानदारिता र स्पष्ट उद्देश्यका साथ जनताको सेवामा लागिरहनुहुने विश्वास व्यक्त गर्नुभएको छ। जनसेवाको यस यात्रामा उहाँले थप सफलता र नयाँ कोसेढुङ्गाहरू चुम्दै अघि बढून् भन्दै मुख्यमन्त्रीले उहाँको सुखद भविष्यको कामना गर्नुभएको छ।










