मुख्यमन्त्रीको भर्चुअल उपस्थितिमा अन्नपूर्ण योजनाको अनुमोदन पत्र वितरण

a1de915f-d13c-4654-b4c3-72ec77da2677

५० भन्दा बढी उपभोक्ता लाभान्वि

सिलगढी: पश्चिम बङ्गालका माननीय मुख्यमन्त्री शुभेंदु अधिकारीको भर्चुअल उपस्थितिमा अन्नपूर्ण योजनाको अनुमोदन पत्र वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सिलगढी नगर निगमको पहलमा आयोजित उक्त कार्यक्रममा ५० भन्दा बढी उपभोक्ताहरूलाई योजनाको अनुमोदन पत्र हस्तान्तरण गरिएको हो।
​सहरी विकास तथा नगर मामिला विभाग अन्तर्गत आयोजित यस कार्यक्रमले स्थानीय गरिब तथा विपन्न परिवारलाई राहत पुर्‍याउने उद्देश्य राखेको छ। मुख्यमन्त्रीको विशेष उपस्थितिले कार्यक्रमको महत्त्वलाई थप बढाएको थियो।
​नगर निगमका अधिकारीहरूका अनुसार, यो योजनाको प्रभावकारी कार्यान्वयनले लक्षित वर्गसम्म सरकारी सुविधा पुर्‍याउन ठूलो मद्दत गर्नेछ। सामाजिक कल्याण र नागरिकको सेवालाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता कल्याणकारी कार्यक्रमहरूलाई निरन्तरता दिइने नगर निगमले जनाएको छ।

About Author

Advertisement