मिस नर्थ इस्टको ग्राण्ड फिनाले ५ नोभेम्बरमा हुने

00-1-Rashtriya-Samachar-25-8

गान्तोक: मिस नर्थ इस्टको ग्राण्ड फिनाले आगामी ५ नोभेम्बरको दिन रानीपुलस्थित सरमसा गार्डनमा आयोजन हुने भएको छ। यसका साथै सिक्किम अवार्ड्सको दोस्रो संस्करण पनि यही दिन सम्पन्न हुने भएको छ।

यो प्रतियोगितामा छ वटा राज्यबाट १३ प्रतियोगीहरुले भाग लिएको आयोजक समितिले जानकारी गराएको छ। राजधानीस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोजक समितिले उक्त जानकारी गराएको हो। सो प्रतियोगितामा सिक्किमका दुई प्रतियोगीहरुले भाग लिइरहेका छन्।

आज यी प्रतियोगीहरुले पत्रकारहरुसँग अन्तरक्रिया गर्दै सिक्किम राज्यको भाइचारा अनि सिक्किमको आतिथ्य सत्कारको प्रशंसा गरे। भवितव्यलाई जितेर सिक्किमलाई जुन प्रकारले आफ्नो पुनर्निर्माण हुने क्रममा छ त्यसको सबैले मुग्दकण्ठले प्रशंसा गरे।

अहिले यी प्रतियोगीहरूको ग्रुमिङ सेसन चलिरहेको अनि भोलि रम्फूमा पुगेर प्रतियोगीहरूले श्रमदान गर्नेभएका छन्। यो प्रतियोगिताबाट सबैले सामाजिक सदभावनाको सन्देश बाँढ्न चाहेको पनि प्रतियोगीहरुले आफ्नो विचार साझा गरे।

सिक्किममा सम्पन्न भइरहेको यो प्रतियोगितामा स्थानीय सबैलाई उपस्थित भएर उक्त कार्यक्रमलाई बनाउनुपर्ने आयोजक समितिले सबैलाई आग्रह गरेको छ।

About Author

Advertisement