मिरिक सौरेनी रिसोर्टमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिको सभा सम्पन्न

IMG-20220709-WA0096.jpg

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय समितिको सभा मिरिकको सौरेनी चियाकमानको एउटा रिसोर्टमा सम्पन्न भयो। सभापछि भागोप्रमोको अध्यक्ष अनित थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, जिटिए चुनावमा विजयी सभाषदहरू अनि पार्टीको केन्द्रीय समितिको पदाधिकारीहरू उपस्थित रहेको बताए। तिनले सभाबारे विस्तृत रुपमा जानकारी नदिएता पनि नव निर्वाचित सभासद र पार्टीको पदाधिकारीहरूमाझ परिचय आदन प्रदान भएको बताए। जिटिए चुनावमा विजयी भएका ४५ वटा समष्टिका सभासदहरूसित मिलेर काम गर्ने आफ्नो पार्टीको योजना रहेको तिनले थप बताए। जिटिए चुनावपछि आज पहिलोपटक मिरिकमा सम्पन्न यो सभालाई निकै महत्वपूर्ण मानिएको छ। जिटिए चुनावमा नव निर्वाचित सबै सभाषदहरूले आगामी १२ जुलाईको दिन दार्जीलिङको चौरास्तामा एउटा कार्यक्रमबीच शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

About Author

Advertisement