मिरिक बिशोनल गाउँ, डीपीएफसी र नेऊर बालासन एफसी विजयी

photocollage_202373110459938.jpg

३१ जुलाईः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार तीनवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा मिरिक बिशोनल गाउँले बीकेएफसी (भुट्टाखेती फूटबल क्लब)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट संसार राई र अभिषेक कार्कीले १-१ गरे। यसरी दोस्रो म्याचमा डीपीएफसी (धोतरिया पुलबजार फूटबल क्लब)-ले पाण्डाम युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट राजीव राईले २ गोल गरे। यसरी पाण्डाम युनाइटेडबाट फिरोज थापाले १ गोल गरे। दिनको तेस्रो तथा अन्तिम म्याचमा नेऊर बालासन फूटबल क्लबले एमबीएफसी (मिलिंग बस्ती फूटबल क्लब)-लाई ५+१-ले पराजित गऱ्यो। विजेता टीमबाट रेवांग राईले २ गोल गरे। यसबाहेक छिदेन तामाङ, द्वांग तामाङ र वांगदी तामाङले १-१ गोल गरे। एबीएफसी-बाट फुबा तामाङले १ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement