मिरिकमा विद्यार्थीहरूलाई लिएर जनचेतनामूलक कार्यक्रम सम्पन्न

IMG-20230608-WA0279.jpg

मिरिक: मिरिक उच्चतर माध्यमिक विद्यालय अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको संयुक्त आयोजनामा शुक्रबार यहाँको गोर्खा रङ्गमञ्च भवनको गोपाल योञ्जन प्रेक्षागृहमा विद्यालयका विद्यार्थीहरूलाई लिएर जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो। विद्यालयका सहशिक्षक सुरेश तामाङले सञ्चालन गरेको कार्यक्रमलाई थर्बु डुप्टिन समष्टिका सभासद तथा विद्यालय सञ्चालन समितिका अध्यक्ष मिलेश राईले अध्यक्षता गरेका थिए भने मिरिक महकुमाका महकुमा शासक सुदिप्त देवनाथ प्रमुख रूपमा उपस्थित थिए। यस बाहेक विद्यालयका शिक्षक प्रभारी सुवास खाती,मनोनित सभासद नफिस उल हक, अधिवक्ताहरू सुरज घिसिङ, दिप्ती भण्डारी,मिरिक थानाका सीआई श्रीनेन्दु दास, मिरिक थाना प्रभारी मन्तोष सरकार, एसआई साधन कुमार झा, एएसआई स्मिता थापा, साहित्यकार तथा फुवागढी उमाबीका पूर्व प्रधान अध्यापक राजबहादुर राई, समाजसेवी अरबीन सुब्बा, विद्यालयका शिक्षक शिक्षिकागण, विद्यार्थीवर्ग अनि अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूलाई समाजमा भएको नकरात्मक कुराहरूदेखि कसरी टाडो बस्ने भन्ने विषयमा वक्तव्यहरू प्रस्तुत गरे भने बाल तस्करीमाथि अधिवक्ता दिप्ती भण्डारीले सचेतनामूलक वार्ता प्रस्तुत गरिन्। साथै मिरिकका कलाकारहरूले जनचेतनामूलक नाटक पनि प्रस्तुत गरे। यता कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा मिरिक उच्चतर माध्यमिक विद्यालयका शिक्षक प्रभारी सुवास खातीले वर्तमानमा विद्यार्थीहरू पढ्नुमा राम्रो भए तापनि कतिपय समाजको कुतत्वहरूहरूको कारण उनीहरू पनि नकरात्मक मार्गमा हिडिरहेको कारण विद्यालय अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको संयुक्त आयोजनामा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए। उनले गाउँ समाजका व्यक्तिहरूलाई सबैजना विद्यार्थीहरूलाई आफ्नै नानीहरू सरह हेरिदिने अनुरोध गरे। कार्यक्रममा सातौदेखि बाह्रौ श्रेणीसम्मका विद्यार्थीहरूलाई समावेश गरिएको बताउँदै सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई अवश्य लाभ पुग्ने बताएका छन्।

About Author

Advertisement