मिरिकमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा सम्पन्न

IMG-20230329-WA0281.jpg

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा आज मिरिक महकुमा अध्यक्ष तथा सभासद मिलेस राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा पार्टीका केन्द्रीय सदस्यहरू समीर राई, पीएल जोशी, एमके योन्जन, हेमकुमार तामाङ,मिरिकको थर्बु डुप्टिन समष्टिको महासचिव सफल राई, सियोक गोपालधारा समष्टि अध्यक्ष अमीत याखा देवान, सचिव प्रवीण राई, नारी शक्ति मिरिक महकुमा अध्यक्षा गणिता गुरूङ, मिरिक थर्बु डुप्टिन समष्टि अध्यक्ष किरण सुब्बा भुटिया लगायत पार्टी प्रतिनिधिहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै सभासद मिलेस राईले भागोप्रमो केन्द्रीय समतिले हाल चारैतिर कर्मी सभा गरिरहेको अवगत गराउँदै मिरिकमा पनि गरिने विषयमा आजको सभामा व्यापक चर्चा गरिएको बताए। भागोप्रमो केन्द्रीय समितिले मिति तय गरेपछि केन्द्रीय समितिको निर्देशनमा नै मिरिकमा कर्मी सभा आयोजना गरिने जानकारी गराउँदै उक्त कर्मी सभामा पार्टी प्रमुख अनित थापा उपस्थित रहने जानकारी गराएका छन्। सभामा सियोक गोपालधारा ओकाइटी अनि मिरिक थर्बु डुप्टिन समष्टिका प्रतिनिधिहरू मात्र उपस्थित रहेको उनले बताए। अर्कोतिर जीटीए प्रमुख अनित थापा आगामी 4 अप्रेलमा मिरिक आएर यहाँको थर्बु डुप्टिन समष्टि अनि सियोक गोपालधारा समष्टिको हर घर जल परियोजना कार्यको शिलान्यास गर्ने भएको सभासद मिलेस राईले जानकारी दिएका छन्।

About Author

Advertisement