मिरिकका अजित वियोगीलाई पहिलो हरिप्रसाद गोर्खा राई युवा सम्मान-२०२६ प्रदान

IMG-20261116-WA0100

मिरिक: भारतीय नेपाली साहित्यकार हरिप्रसाद गोर्खा राईको साहित्यिक योगदान र विरासतलाई संरक्षण तथा प्रवर्ध्दन गर्ने उद्देश्यले चौतारी सामाजिक संस्था गुवाहाटीले तीनवटा राष्ट्रियस्तरका साहित्यिक सम्मान स्थापना गरेको छ। जसमध्ये हरिप्रसाद गोर्खा राई युवा साहित्य सम्मान दार्जिलिङस्थित मिरिकका अजित वियोगीलाई प्रदान गरिएको छ। उनको पहिलो कविता सङ्ग्रह “यथार्थभित्र गाउँ” नामक कृतिका लागि तथा नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याइरहेको विशिष्ट योगदानको सम्मानस्वरुप पहिलो “हरिप्रसाद गोर्खा राई युवा सम्मान-२०२६” प्रदान गरिएको हो। उनलाई सम्मान स्वरुप स्मृति चिह्न र नगदराशि २५ हजार प्रदान गरिएको छ। यस सम्मान उनलाई हरिप्रसाद गोर्खा राईको पुण्यतिथिका अवसरमा आयोजित समारोहमा गुवाहाटीको पानबजारस्थित इन्स्टिच्युसन अफ् इन्जिनियर्सको सभागारमा ‘हरि प्रसाद गोर्खा राई सम्मान समारोह-२०२६’ भव्य रूपमा प्रदान गरिएको थियो। समारोहमा पूर्वोत्तर भारतका विभिन्न राज्य तथा पश्चिम बंगालबाट आएका प्रतिष्ठित साहित्यकार, बुद्धिजीवी, सामाजिक एवं सांस्कृतिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

About Author

Advertisement