मालवाहक गाडी रोकेर लुटपाट गरेको आरोपमा चार जना हतियारसहित पक्राउ

IMG-20241010-WA0209

सिलगढी: राष्ट्रिय राज्य मार्गमा मालवाहक गाडी रोकेर लुटपाट गर्ने चारजनालाई पुलिसले पक्राउ गरेको छ। उनीहरुलाई सादा पोशाकमा रहेको एनजेपी थानाको पुलिसले पक्राउ गरी उनीहरुको साथबाट धेरै धारिलो हतियार बरामद गरेको छ। एसियाली राजमार्ग होस् वा राष्ट्रिय राजमार्ग, मौका पाएपछि लुटेराहरुको समुहले चालकलाई धम्की दिएर गाडी लुट्ने गरेको छ। यस्ता उजुरी लामो समयदेखि पुलिसमा आइरहेका थिए। सादा पोशाकमा रहेको एनजेपी थानाको पुलिसले पनि गिरोहलाई पक्राउ गर्न जाल हालेको थियो। अन्ततः सफलता हात परेको छ।

मंगलबार फुलबारी नहर रोडको पुटिमारी क्षेत्रमा चारजनाको समूहले लुटपाट गर्ने योजना बनाएको थियो। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा पुलिसले फुलबारी नहर रोडमा छापा मारेको हो। ती चार जना रंगेहात पक्राउ परेका छन्। उनीहरुको साथबाट धेरै धारिलो हतियार बरामद भएको छ  पक्राउ पर्नेमा फुलबारी नवपाडाका अमल बर्मन, भोलामोडका विशाल, साउथ कालोनीका एमडी अख्तर र मिलनपल्लीका शुभम अग्रवाल राय रहेका छन्। उनीहरू विरुद्ध समाज विरोधी गतिविधिको धेरै आरोप लागेको बताइएको छ  बिहीबार पक्राउ परेकाहरुलाई पाँच दिनको रिमाण्ड निवेदन दिएपछि जलपाईगढी अदालतमा पेश गरियो।

About Author

Advertisement